लक्ष्य तथा उद्देश्य

लक्ष्य

प्राकृतिक स्रोत साधनको समुचित सदुपयोग र प्रविधि, ज्ञान तथा सीपको प्रयोगबाट पशुपन्छीको उत्पादन तथा उत्पानकत्वमा गुणात्मक सुधार गरी गरिवी न्यूनिकरण तथा खाद्य सुरक्षा र स्वच्छतामा सहयोग पुर्‍याउने ।

उद्देश्य

  • घरपालुवा पशुपन्छीहरुको उचित ब्यवस्थापनका माध्यमहरुबाट उत्पादित पशुपन्छीजन्य पदार्थहरु प्रशोधन भन्दा अगाडीको अवस्था सम्म गुणस्तर कायम गर्न सहयोग गर्ने ।
  • गुणस्तरिय पशुपन्छी तथा पशुपन्छीजन्य उत्पादनका लागी पशुपन्छी अनुवांशिक स्रोतहरुको संरक्षण, सम्बर्द्धन तथा सदुपयोग गर्ने ।
  • सामाजिक, आर्थिक तथा वातावरणीय दृष्टीकोणले दिगो हुनेगरी तथा पशु कल्याण सहितको पशुपन्छीपालन प्रणालीद्धारा पशुजन्य उत्पादनहरु प्राप्त गर्ने सुनिश्‍चितता गर्ने ।
  • पशुपन्छी पालनमा कृषकहरुवाट अपनाईएका परम्परागत ज्ञान, सिप, आविस्कार र वौद्धिक सम्पती जस्ता स्रोतहरुको पहिचान, संरक्षण, उपयोग गर्ने र तिनीहरुको मौलिकताको अधिकार (Patent Right) दर्ता गर्न पहल गर्ने ।